दफा १३
खेलकुद सम्बन्धी संस्थाको दर्ता

(१) खेलकुद सम्बन्धी गतिविधि सञ्चालन गर्न प्रचलित कानून बमोजिम दर्ता भएको संस्थाले परिषद्मा समेत दफा १४ बमोजिम दर्ता गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम परिषद्मा दर्ता नभएको खेलकुद सम्बन्धी संस्थाले नेपालभित्र खेलकुद सम्बन्धी गतिविधि सञ्चालन गर्न सक्ने छैन ।